मनोरन्जन
‘कमेडी च्याम्पियन– २’ को उत्कृष्ट ४ मा पुगेका हिक्मत महराको दुर्घटनामा मृत्यु
बुधबार मङ्सिर २६, २०८१/ Wednesday 12-11-24
काठमाडौं । मोटरसाइकल दुर्घटनामा कमेडियन हिक्मत महराको मृत्यु भएको छ । गएराति गोदावरी नगरपालिका–४ भीमदत्त राजमार्ग सडकखण्डमा म २ प ९११७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय महराको मृत्यु भएको हो ।
महराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । महरा कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका–११ का स्थायीवासी हुन् ।
‘कमेडी च्याम्पियन– २’ मा हिक्मत ६ हजार प्रतियोगीसँगै डिजिटल अडिसन दिएर १ सय ८० जनामा छनोट भएका थिए । त्यसपछि उनी टप २४, १५, ११ हुँदै उत्कृष्ट चारमा पुगेका थिए । उत्कृष्ट ४ बाट भने उनी भोटको आधारमा बाहिरिएका थिए ।
तपाईको प्रतिक्रिया