प्रविधी
इन्जिनमा समस्या देखिएपछि भद्रपुर उडेको विमान काठमाडौँ डाइभर्ट
सोमबार पौष २२, २०८१/ Monday 01-06-25
![](https://deshdainik.com/uploads/news/images/Buddha-Air2025-01-06-12-50-05.jpeg)
काठमाडौँ । काठमाडौँको त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएको छ । विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरेर अवतरण गरिएको छ ।
बुद्ध एयरको उडान नं ९५३ को कलसाइन नाइनएन-एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको थियो । विमान डाइभर्छि भएपछि अवतरणका क्रममा त्रिभुवन विमानस्थलमा इमर्जेन्सी घोषणा गरिएको थियो । बिहान ११:१५ मा विमान सुरक्षित अवतरण भएको हो ।
जहाजलाई कम्पनीको प्राविधिक टिमले चेकजाँच गरिरहेको र यात्रुहरूलाई अर्को जहाजबाट भद्रपुर पठाउने तयारी भइरहेको छ ।
तपाईको प्रतिक्रिया