बिजनेस
१६ वटा कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले सोध्यो स्पष्टीकरण
मंगलबार पौष २३, २०८१/ Tuesday 01-07-25
काठमाडौँ । सरकारले विभिन्न १६ वटा कम्पनीलाई कालोसूचीमा राख्ने प्रयोजनका लागि स्पष्टीकरण सोधिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज जारी गरेको सूचनामा यो निर्देशन दिएको हो ।
कार्यालयले विभिन्न सार्वजनिक निकायबाट कालो सूचीमा राख्नका लागि सिफारिसमा परेका कम्पनीहरूलाई कालो सूचीमा राख्न नपर्नाको कारणसहित ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।
‘सार्वजनिक नियकाबाट कालोसूचीमा राख्न सिफारिएका भएका तर कालोसूचीमा राख्नुनपर्ने आधार प्रमाण भए ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नू भनी निजहरुको ठेगानामा सूचना पठाइएकोमा हालसम्म पनि लिखित स्पष्टीकरण पेस हुन नआएकाले सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नुपर्नेछ,’ कार्यालयले सार्वजनिक सूचना जारी गर्दै भनेको छ ।
तपाईको प्रतिक्रिया