बिहीबार २५ पौष २०८१
राजनीति

रविसहितका प्रतिवादीहरुको बयान सकियो, पोखराका निषेधिक क्षेत्रमा कडाइ

बुधबार पौष २४, २०८१/ Wednesday 01-08-25

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका प्रतिवादीहरुको बहस सकिएको छ । कास्की जिल्ला अदालतमा गत पुस १६ गतेदेखि न्यायाधीश नितिज राईको इजलासमा उनीहरुको थुनथेक बहस भइरहेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, नेपाल प्रहरीका पूर्व डीआईजीसमेत रहेको गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी, गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिबी राईलगायत उक्त मुद्दामा मुछिएका छन् । रवि, छवि र जिबीलगायतलाई सहकारी ठगीमात्रै नभएर सम्पत्तिशुद्धीकरण र संगठित अपराधमा पनि मुद्दा चलाइएको छ ।

प्रतिवादीहरुको बयान सकिएसँगै अब जाहेरवालाहरुको तर्फका कानुन व्यवसायीहरुले बहस सुरु गर्नेछन् । त्यसपछि प्रतिवादीहरुलाई धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने आदेश आउने छ । आज आदेश आउने सम्भावना एकदमै न्यून रहेको अदालत स्रोतले बतायो । भोलिसम्म आदेश आउनसक्ने बताईको छ ।

यसैबीच सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा प्रतिवादीहरूको तर्फबाट थुनछेक बहस सकिएसँगै निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । अदालत बाहिर सोमबार र मंगलबार भएको गतिविधि र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित प्रतिवादीको बहस सकिन लाग्दा सुरक्षा व्यवस्था कडा पारिएको हो ।पोखराको शहीदचोक, जिल्ला अदालत आसपास राष्ट्र बैंक चोकदेखि कोमागाने पार्क, रत्नचोक, जिल्ला मालपोत कार्यालय, मासबार हुँदै मुख्यमन्त्री कार्यालयतर्फ छिर्ने मुखमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया