शिशिर खनालको संयोजकत्वमा वायु सेवा निगमका समस्या अध्ययन गर्न समिति
काठमाडौं । नेपाल वायु सेवा निगममा देखिएको समस्या र सुधारका उपाय अध्ययनका लागि शिशिर खनालको संयोजकत्वमा चार सदस्यीय उपसमिति गठन भएको छ ।
प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज (बिहीबार) बसेको बैठकले खनालको नेतृत्वमा छिरिङ ल्हामु लामा, योगेश गौचन थकाली र सुनिता बराल सदस्य रहेको उपसमिति गठन गरेको हो ।
समितिका निर्णयहरुबारे जानकारी गराउँदै समिति सभापति राजकिशोर यादवले नेपाल वायुसेवा निगम अध्ययन समितिले एक महिना भित्रमा प्रतिवेदन पेश गर्नेछ । क्यानको बारेमा पनि आगामी बैठकबाट उपसमिति बनाएर जाने सभापति यादवले जानकारी दिए । समितिले संस्कृति, पर्यटन र नागरिक उड्डयन गरी तीन क्षेत्रकै वृहत्तर विकासका लागि मन्त्रालयको समग्र नीतिगत, संरचनागत र व्यवस्थापकीय सुधार गर्न कार्यान्वयनयोग्य कार्ययोजना यथाशिघ्र निर्माण गरी सोको जानकारी समितिलाई गराउन निर्देशन दिएको छ ।
तपाईको प्रतिक्रिया