शुक्रबार ४ माघ २०८१
समाज

प्राथमिकता निर्धारण गरेर ७२० जना शिक्षकलाई तालिम दिँदै काठमाडौँ महानगर

शुक्रबार पौष २६, २०८१/ Friday 01-10-25

काठमाडौं । काठमाडौँ महानगरपालिकाकाको शिक्षा विभागले ७२० जना शिक्षकलाई तालिम दिने भएको छ ।माघ ३ गते सुरु हुने तालिममा महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका जुनसुकै विद्यालयमा अध्यापन गराइरहेका शिक्षक सहभागी हुन सक्ने छन् ।

आवेदकमध्येबाट सामुदायिक विद्यालयका शिक्षकलाई छनोट प्राथमिकतामा राखिने उल्लेख गरिएको छ ।तालिममा सहभागी हुन महानगरपालिकाले जारी गरेको क्युआर कोड वा लिङ्कबाट आवेदन गर्न सकिने महानगरले जनाएको छ ।

शिक्षकको क्षमता विकास गराएर शैक्षिक क्रियाकलापलाई सिर्जनात्मक, एकीकृत, सिप र व्यवहारमा आधारित बनाउने लक्ष्य राखेर सञ्चालन गर्न लागिएको तालिममा ७२० जना शिक्षक सहभागी हुने छन्।

यसमा काठमाडौँ महानगरपालिकाभित्र स्थायी बसोबास भएका र महानगरपालिकाभित्रका जुनसुकै विद्यालयमा अध्यापन गराइरहेका शिक्षकलाई दोस्रो प्राथमिकतामा  र स्थायी बसोबास जहाँको भए पनि काठमाडौँ महानगरपालिकाभित्रका जुनसुकै विद्यालयमा अध्यापन गराउने शिक्षकलाई छनोटको तेस्रो प्राथमिकतामा राखिएको जारी सूचनामा जनाइएको छ ।

यसअन्तर्गत माघ ३ र ४ गते कक्षा १० का गणित, विज्ञान, सामाजिक, नेपाली, अंग्रेजी, अर्थशास्त्र विषयका शिक्षकहरुलाई तालिम हुनेछ । हरेक विषयमा ६० जना शिक्षक तालिममा सहभागी हुनेछन् ।तालिममा सहभागी हुन इच्छुक शिक्षकहरुले माघ २ गते दिउँसो १ बजेभित्रमा अनलाइनबाट आवेदन दर्ता गराउनु पर्ने महानगरद्वारा जारी सूचनामा गराएकाे छ । 

तपाईको प्रतिक्रिया