बुधबार २३ माघ २०८१
राजनीति

माओवादी केन्द्रको बैठक स्थगित

सोमबार पौष २९, २०८१/ Monday 01-13-25

काठमाडौँ । दिउँसो २ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रीय सदस्यहरूलाई पालिका केन्द्रित जिम्मेवारी दिने विषयमा गृहकार्य नपुगेकाले बैठक सारिएको सचिव दीनानाथ शर्माले जानकारी दिए । शर्माका अनुसार माघ २ गते बैठक बस्नेछ । 

मङ्सिर २१ देखि २३ सम्म बसेको केन्द्रीय समिति बैठकले सबै नेताहरू जिम्मेवारी दिने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया