बुधबार २ माघ २०८१
राजनीति

सकियो रवि पक्षका वकिलको बहस, थुनामुक्त गर्नुपर्ने माग

बुधबार माघ २, २०८१/ Wednesday 01-15-25

काठमाडौं । कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न रहेको अभियोगमा रास्वपा सभापति रवि लामिछानेको पक्ष विपक्षको बहस सकिएको छ।

यसअघि सोमबार रविविरुद्ध सरकार र जाहेरवालाका तर्फबाट वकिलहरूले बहस गरेका थिए । आज (बुधबार) रविको पक्षमा वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र रमण श्रेष्ठले बहस गरेका छन् ।

उनीहरूले रविलाई छाड्नुपर्ने तर्क पेश गर्दै इजलासमा बहस गरिरहेका छन् । उनीविरुद्ध काठमाडौंमा पनि परेको मुद्दामा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस भइरहेको छ ।

रविविरुद्ध बहस गरेका वकिलहरूले उनलाई थुनामै राख्नुपर्ने माग गरेका छन् । प्रमाण नष्ट हुनसक्ने भन्दै रविलाई थुनामै राख्नुपर्ने उनीहरूको तर्क छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा जिल्ला अदालत कास्कीबाट रविलगायत धरौटीमा रिहा भएका थिए।

तपाईको प्रतिक्रिया