बिहीबार १० माघ २०८१
समाज

अदालतमा उपस्थित भए रवि लामिछाने, थुनछेक बहस सुरू

बिहीबार माघ १०, २०८१/ Thursday 01-23-25

रुपन्देही । रास्वपा सभापति रवि लामिछानेमाथि थुनछेक बहस सुरु भएको छ । लामिछाने अदालत हाजिर भएसँगै थुनछेक बहस सुरु भएको हो ।

बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत अपचलन गरेको अभियोग लामिछानेमाथि मुद्दा छ । लामिछाने गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक हुन् ।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको  इजलासमा थुनछेक बहस सुरु भएको हाे। लामिछानेसँग रुपन्देही जिल्ला अदालतले बुधवार बयान सकेपछि परिवार र प्रतिवादीका वकिलको जिम्मा जमानीमा छाडेको थियो । 

बुधवार अदालतमा उपस्थित भएका लामिछानेको समय अभावले थुनछेक बहस हुन सकेको थिएन । त्यसपछि न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले रविलाई श्रीमती र कानुन व्यवसायीको जिम्मा लगाएका थिए । रवि १० बजेर २५ मिनेट जाँदा  अदालत  छिरेका छन्। यता सुशील पन्तको नेतृत्वमा बहस हुनेछ।

तपाईको प्रतिक्रिया