शुक्रबार ११ माघ २०८१
अर्थ

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

बिहीबार माघ १०, २०८१/ Thursday 01-23-25

काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से ११.१० अंकले घटेर २६५४.३५ विन्दुमा बन्द भएको छ।

 नेप्सेसँगै यस दिन कारोबार रकममा पनि घटेको छ । आज एक अर्ब ३४ करोड रुपैयाँले सेयर कारोबार घटेको हो ।

आज सात अर्ब ८५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार नौ अर्ब २० करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

आज ८६ कम्पनीको सेयर मूल्य बढेको छ । १५० कम्पनीको सेयर मूल्य घटेको छ । सात कम्पनीको सेयर मूल्य स्थिर छ ।

आज सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पाेरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । सुपर मादी हाइड्रोपावर र मन्दकिनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये विकास बैंकको परिसूचक ०.८३ प्रतिशतले वृद्धि भएको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक स्थिर छ । 

बाँकी समूहको परिसूचक घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक घटेको छ । यो समूहको परिसूचक २.४३ प्रतिशतले घटेको छ ।  

तपाईको प्रतिक्रिया