बिश्वो
दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवालले हारे चुनाव, भाजपाको बहुमत
शनिबार माघ २६, २०८१/ Saturday 02-08-25

काठमाडौं । दिल्ली विधानसभा चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । भारतीय सञ्चार माध्यमका अनुसार हाल भारतीय जनता पार्टी (भाजपा)ले ४७ सीटमा अग्रता लिएको छ भने आम आदमी पार्टी (आप) २३ सिटमा मात्रै अगाडि छ ।
दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल नै यसपालि पराजित भएका छन्। केजरीवाललाई भाजपाका प्रवेश शाहिब सिंहले पराजित गरे। उनले ३० हजार २४ मत ल्याएका छन्। त्यो भनेको कुल खसेको मतको ४८.८५ प्रतिशत हो।
केजरीवालले २५ हजार ९२५ मत पाए। त्यो भनेको ४२.१८ प्रतिशत हो। कंग्रेस आईका सन्दीप दिक्षितले ४ हजार ५४१ मत ल्याए। उनले ७.३९ प्रतिशत मत पाए।
यसअघि २०२० मा अरविन्द केजरीवालले ४६ हजार ७५८ मत ल्याएका थिए। त्यतिबेला भाजपाका सुनिलकुमार यादवले २५ हजार ०६१ मत ल्याएका थिए। भारतीय नेशनल कंग्रेसका ३ हजार २२० मत मात्रै ल्याएका थिए।
तपाईको प्रतिक्रिया