बुधबार २८ फाल्गुण २०८१
समाज

मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा बबरमहलमा बाढी, कार्यालयहरू डुबानमा

बुधबार माघ ३०, २०८१/ Wednesday 02-12-25

काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको छ । खानेपानीको पाइप फुटेपछि बबरमहल क्षेत्र अस्तव्यस्त बनेको छ । बिजुलीबजारबाट बबरमहलसम्मको बायाँतर्फको ट्रयाक पूर्णरूपमा बन्द भएको छ ।

यस्तै, विशेष अदालत र काठमाडौं जिल्ला अदालतको पुरानो भवनको भुइँतला पानीले डुबाएको छ । बाढीका कारण विशेष अदालतको प्रशासनिक भवनको भुइँतला जलमग्न भएको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

बुधबार दिउँसो साढे दुई बजेतिर मेलम्ची खानेपानीको पाइप फुटेको हो। पाइप फुटेपछि वन परिसरभित्र पानी पसेको छ। अहिले बबरमहलमा नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएको छ ।

 

तपाईको प्रतिक्रिया