बुधबार २८ फाल्गुण २०८१
राजनीति

आज दुईवटा संसदीय समितिको बैठक बस्दै

बिहीबार फाल्गुण १, २०८१/ Thursday 02-13-25

काठमाडौं । संघीय संसद्अन्तर्गत दुईवटा संसदीय समितिको बैठक आज बस्दै छ । महिला तथा सामाजिक मामिला समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो । 

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक मध्याह्न साढे १२ बजे बस्नेछ । 

बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

तपाईको प्रतिक्रिया