बुधबार २८ फाल्गुण २०८१
समाज

सिन्धुलीमा भैँसीले हान्दा वृद्धको मृत्यु

बिहीबार फाल्गुण १, २०८१/ Thursday 02-13-25

काठमाडौं । सिन्धुलीमा भैँसीले हान्दा एकजनाको मृत्यु भएको छ । सुनकोसी गाउँपालिका–३, नौबिसेका ७५ वर्षीय गोपाल घर्तीको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

बुधबार (माघ ३०) बिहान करिब ७ बजे उनलाई भैँसीले हानेको थियो । माइलो छोरा ४४ वर्षीय फडिन्द्र भुजेलको गोठमा बाँधिएको भैँसीलाई घाँस हाल्न जाँदा उक्त घटना भएको हो ।

अचानक भैँसीले बाँधिरहेको किला भाँची वृद्धलाई सिङले हानेको थियो । त्यहीँ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मुचुल्कापश्चात् बेलुका साढे ७ बजे उनको शव पोस्टमार्टमका निम्ति जिल्ला अस्पतालमा लगिएको प्रहरीले जानकारी गराएको छ । रासस

तपाईको प्रतिक्रिया