बुधबार २८ फाल्गुण २०८१
बिश्वो

महाकुम्भ मेलामा स्नान गर्न गइरहेका भक्तजन सवार गाडी दुर्घटना, १० जनाको मृत्यु

शनिबार फाल्गुण ३, २०८१/ Saturday 02-15-25

काठमाडौं । महाकुम्भ मेलामा स्नान गर्न गइरहेका भक्तजनहरूको गाडी दुर्घटनामा परेको छ। बोलेरो र बस ठोक्किँदा १० जनाको मृत्यु भएको हो। दुर्घटनामा १९ जना घाइते भएका छन् । 

दुर्घटना शनिबार बिहान राति करिब २ बजे प्रयागराज(मिर्जापुर राजमार्गको मेजा क्षेत्रमा भएको हो। मृतक सबै छत्तीसगढको कोरबा र जांजगीर चम्पा जिल्लाका बासिन्दा रहेको बीबीसीले जनाएको छ । 

घाइतेहरूलाई तत्काल उपचारको लागि स्थानीय अस्पताल पठाइएको छ। गम्भीर घाइतेहरूलाई जिल्ला अस्पताल पठाइएको छ। घटनाको जानकारी लिँदै मुख्यमन्त्री योगी आदित्यनाथले अधिकारीहरूलाई आवश्यक निर्देशन दिएका छन्।

तीव्र गतिमा रहेको बोलेरो बससँग ठोक्किएको थियो। प्रहरीले मृतकको शव पोस्टमार्टमको लागि पठाएको छ।

तपाईको प्रतिक्रिया