बुधबार १३ चैत २०८१
समाज

लेवनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते

शनिबार फाल्गुण ३, २०८१/ Saturday 02-15-25

काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तरगत लेबनानमा खटिएका नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल घाइते भएका छन् ।

गएराति १२ बजेतिर राजधानी बेरुत नजिक युनिफिल मिसनका डेपुटी फोर्स कमाण्डर ढकाल सवार गाडीलाई प्रदर्शकारीले तोडफोड गरेका थिए । त्यसक्रममा उनी घाइते भएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

ढकाललाई तत्कालै उद्धार गरी तत्काल अस्पताल लगिएको थियो । अस्पतालले हाल उनी खतरामुक्त रहेको जनाएको छ । 

घटनाबारे मिसन हेडक्वार्टरले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिण लेबनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिक माथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ ।

शान्ति सैनिक माथि भएको यस किसिमको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र सङ्घले लेबनानी सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेको छ ।

घटनाको भर्त्सना गर्दै लेबनानका प्रधानमन्त्री र लेबनिज आर्मड फोर्सले तत्काल अनुसन्धान गरी संलग्न व्यक्ति, समूहलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।

तपाईको प्रतिक्रिया