बुधबार २८ फाल्गुण २०८१
राजनीति

बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु

शनिबार फाल्गुण ३, २०८१/ Saturday 02-15-25

काठमाडौँ । सत्तारुढ राजनीतिक दल र सरकार समर्थक दलका शीर्ष नेतासहितको बैठक प्रधानमन्त्री निवासमा सुरु भएको छ । 

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुुल खानलगायत सहभागी छन्।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमहरूबारे छलफल हुने बताइएको छ। सरकारले ल्याएको अध्यादेश संसदमा निर्णयार्थ प्रस्तुत हुन सकेको छैन।

जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमीसम्बन्धी अध्यादेशबाहेकका अध्यादेशमात्रै स्विकृत गर्न सक्ने निर्णय गरेपछि सत्तापक्ष दलहरू विकल्पबारे छलफल गरिरहेका छन्।

प्रतिनिधि सभामा कांग्रेस र एमालेको संख्याले मात्रै अध्यादेशहरू स्वीकृत हुने भएपनि राष्ट्रिय सभामा जसपा नेपालको समर्थन आवश्यक रहन्छ।

प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ। त्यसअघि अध्यादेशबारे छलफल गर्न सत्तापक्ष दलहरूको बैठक बसेको हो।

तपाईको प्रतिक्रिया