बुधबार २८ फाल्गुण २०८१
राजनीति

अध्यादेशलाई संसद्‍मा अघि बढाउने सत्तारुढ दलबिच सहमति

शनिबार फाल्गुण ३, २०८१/ Saturday 02-15-25

काठमाडौं । सत्तारुढ दलहरूले सरकारले जारी गरेको अध्यादेशलाई संसद्मा अघि बढाउने निर्णय गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्तारुढ दलको बैठकले सबै दलसँग छलफल गरेर अध्यादेशलाई अघि बढाउने निर्णय भएको हो ।

उनले भूमिसम्बन्धी अध्यादेशलगायत अन्य अध्यादेशमा देखिएका असन्तुष्टिलाई प्रतिस्थापन विधेयकमार्फत समाधान गरिने जानकारी दिए । संविधान संशोधनका लागि कांग्रेस–एमालेले कार्यदल बनाएर चरणबद्ध रूपमा काम गर्ने उनले उल्लेख गरे । 

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले–कांग्रेसका अन्य नेता, समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुुल खानलगायत सहभागी थिए ।

संघीय संसद्मा रहेका सबै दलसँग छलफल गरेर फागुन ६ गते बस्ने राष्ट्रिय सभाको बैठकमा अध्यादेश निर्णयार्थ प्रस्तुत हुने बैठकपछि गृहमन्त्री रमेश लेखकले जानकारी दिए । उनले अध्यादेशलाइ पारित गर्नका लागि बहुमत पुग्ने दाबी गरे ।  उनले कस्ता कस्ता विषयमा सहमति भएको भन्नेचाहिँ खुलाएनन् ।

‘अध्यादेश स्वीकृत गर्ने, अध्यादेश अघि बढाउने बारेमा छलफल भयो । छलफल सकारात्मक रुपले निष्कर्षमा पुगेको छ,’ गृहमन्त्री लेखकले भने, ‘बहुमत पुग्छ । पुग्नेगरी छलफल भएको छ ।’

 

तपाईको प्रतिक्रिया