नेपालमै क्रेडिट ट्रान्सफरका लागि केआईआईटीका विद्यार्थीलाई आवेदन आह्वान

काठमाडौं । भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीलाई नेपालमै अध्ययन जारी राख्न आवेदन दिन आह्वान गरिएको छ। त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले क्रेडिट ट्रान्सफरको व्यवस्था मिलाउँदै आवेदन खुला गरेका छन्।
केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेको समस्यालाई मध्यनजर गर्दै त्रिवि र पूर्वाञ्चल विश्वविद्यालयले आवश्यक समन्वय गरिरहेका छन् भने काठमाडौं विश्वविद्यालयले ओपन हाउस छलफलको आयोजना गरेको छ।
फेब्रुअरी १६ मा नेपाली विद्यार्थी प्रकृति लम्सालको आत्महत्यापछि त्यहाँका नेपाली विद्यार्थीहरू दमनको शिकार भएका थिए। उनीहरूलाई विश्वविद्यालय छोड्न बाध्य पारिएको थियो, जसका कारण सयौँ विद्यार्थी नेपाल फर्किएका छन्।
अब नेपाल फर्किएका वा केआईआईटी फर्किन नचाहने विद्यार्थीले नेपालमै क्रेडिट ट्रान्सफर गरी अध्ययन निरन्तरता दिन सक्ने व्यवस्था मिलाइएको छ।
तपाईको प्रतिक्रिया