
केभ (युक्रेन) । शनिबार बिहानसम्म पूर्वी युक्रेनमा रूसी आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।
डोनेट्स्कको डोब्रोपिलियामा शुक्रबार राति भएको आक्रमणमा ११ जनाको मृत्यु र ३० जना घाइते भएका छन् । खार्किभ क्षेत्रको बोगोदुखिभ सहरमा ड्रोन हमलामा एक जनाको मृत्यु र सात जना घाइते भएका छन् ।
यो आक्रमण साउदी अरेबियामा अमेरिका र युक्रेनी वार्ताकारहरूबीच युद्धविराम वार्ताको केही दिनअघि भएको हो ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि नयाँ प्रतिबन्धको धम्की दिएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै, ूरूसले पूर्ण रूपमा युक्रेनलाई आक्रमण गरिरहेको छ । म युद्धविराम नभएसम्म कडा प्रतिबन्ध लगाउनेबारे गम्भीर रूपमा विचार गरिरहेको छु ।
उनको यो चेतावनी युक्रेनको ऊर्जा पूर्वाधारमा रूसी मिसाइल र ड्रोन आक्रमणपछि आएको हो । ट्रम्प प्रशासनले हालै युक्रेनलाई अमेरिकी सैन्य सहायता रोक्ने निर्णय गरेको थियो ।
तपाईको प्रतिक्रिया