बुधबार १३ चैत २०८१
बिश्वो

इजरायलले गाजामा बन्द गर्‍यो बिजुली आपूर्ति, पानी पनि रोक्ने तयारी

सोमबार फाल्गुण २६, २०८१/ Monday 03-10-25

काठमाडौं । इजरायलले गाजामा तत्काल बिजुलीको आपूर्ति बन्द गरेको छ । इजरायलका अनुसार बाँकी रहेका ५९ बन्धकको तत्काल रिहाइका लागि हमासमाथि दबाब बढाउन यो कदम चालिएको हो । 

बीबीसीका अनुसार इजरायलका ऊर्जामन्त्री एली कोहेनले इजरायल विद्युत निगमलाई उक्त क्षेत्रमा बिजुली आपूर्ति बन्द गर्न आदेश दिएको बताएका छन् । 

गत हप्ता इजरायलले गाजामा राहत सामग्री, तेल र अन्य सामग्री बोकेका सवारी साधनहरूको बाटो अवरुद्ध गरेको थियो । उनले पानी आपूर्ति बन्द गर्नेबारेमा पनि सोचिरहेको बताए ।

इजरायलले हमास आफ्नो युद्धविरामको पहिलो चरणको अवधि बढाउन तयार होस् भन्ने चाहेको छ । तर, हमासले युद्धविरामको दोस्रो चरणको वार्ता सुरु होस् भन्ने चाहेको छ । बीबीसी 

तपाईको प्रतिक्रिया