
काठमाडौं। नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक अगाडि नबढेको भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष लक्ष्मण किशोर सुवेदीले पहिलो चरणका माग पूरा नभएकाले आन्दोलन चर्काउन लागेको बताए।
दोस्रो चरणअन्तर्गत फागुन २७ देखि चैत ५ सम्म प्रमुख राजनीतिक दलका कार्यालयमा धर्ना दिने कार्यक्रम छ। त्यस्तै, चैत ५ सम्म माग पूरा नभए चैत ७ देखि १५ सम्म रिले अनशन र चैत २० देखि अनिश्चितकालीन सडक आन्दोलन गरिने महासङ्घले जनाएको छ।
तपाईको प्रतिक्रिया