पीएसजी, एसी मिलान, बार्सिलोना र बायर्न च्याम्पियन्स लिग क्वाटरफाइनलमा, लिभरपुल बाहिरियो

काठमाण्डौ ।युरोपेली च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेइन (पीएसजी), इन्टर मिलान, बार्यन म्युनिख र बार्सिलोना क्वाटरफाइनलमा पुगेका छन् ।
प्रतियोगिताको राउन्ड अफ–१६ अन्तर्गत गएराति भएको दोस्रो लेगको खेलमा पीएसजीले लिभरपुललाई पेनाल्टीमा ४–१ ले हराएर समग्रमा १–१ को बराबरीसहित पीएसजी क्वाटरफाइनल पुगेको हो । प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरीयो ।
यस्तै गएरातिको अर्को खेलमा बार्यन म्युनिखले लेभेरकुसेनलाई २–० ले हराउँदै समग्रमा ५–० को अग्रताका साथ च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्यो ।
त्यस्तै इन्टर मिलानले फिएनोर्डलाई २–१ गोल अन्तरले पराजित गर्याे । समग्रमा ४–१ को अग्रता बनाउँदै इन्टर मिलान प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।
गएरातिको अर्को खेलमा बार्सिलोनाले बेन्फिकालाई ३–१ गोलले हराएको छ । समग्रमा ४–१ को अग्रता बनाएको बार्सिलोना पनि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।
तपाईको प्रतिक्रिया