बुधबार १३ चैत २०८१
समाज

बालेन शाहविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

बुधबार फाल्गुण २८, २०८१/ Wednesday 03-12-25

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्धको रिटमा आज सुनुवाइ हुँदै छ ।

अदालतको अवहेलना सम्बन्धी रिटको पेसी सर्वोच्च अदालतका न्यायधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ ।

बलिउड चलचित्र आदिपुरुष लगायत अन्य हिन्दी फिल्महरू नेपाली हलमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि उक्त निर्णयविरुद्ध नेपाल चलचित्र संघले उच्च अदालत पाटनमा रिट दिएको थियो । उक्त रिटमा सुनुवाइका क्रममा नरोक्न अन्तरिम आदेश जारी भएको थियो ।

अदालतको आदेशपछि शाहले अदालत र सरकार भारतको गुलाम भएको भन्दै आलोचना गरेका थिए । सर्वोच्च अदालतका न्यायधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको हो । 

तपाईको प्रतिक्रिया