समाज
हुम्लामा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, चार जना घाइते
बुधबार फाल्गुण २८, २०८१/ Wednesday 03-12-25

हुम्ला। हुम्लाको सर्केगाड गाउँपालिका–७, रोडिकोटमा माटोको ढिस्को पुरिएर एक जनाको मृत्यु भएको छ। यस्तै चार जना घाइते भएका छन्।
सर्केगाड गाउँपालिका–७ की २८ वर्षीया नेत्रकला जैसीको मृत्यु भएको प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए ।
घर पोत्ने माटो खन्ने क्रममा माथिबाट ढिस्को खसेको थियो । उक्त घटनामा स्थानीय तिर्थकला जैसी, मञ्जली जैसी, बालकी जैसी र लक्ष्मी जैसी घाइते छन् । उनीहरु सबैको उमेर २८ वर्ष रहेको सुवेदीले बताए ।
घाइतेहरुको उपचार स्थानीय स्वास्थ्यचौकीमा भइरहेको र अवस्था गम्भिर भएकाले जिल्ला अस्पताल लैजाने कि अन्त लैजाने भन्ने विषयमा छलफल भइरहेको प्रहरी निरीक्षक सुवेदीले बताए ।
तपाईको प्रतिक्रिया