
काठमाडौं । चलचित्र ‘घरज्वाइँ’ निर्माण समूहले बनाउने नयाँ चलचित्र ‘मितज्यू’मा तेरिया मगरले अभिनय गर्ने भएकी छन् ।
अभिनेता दयाहाङ राईसँग उनले स्क्रिन सेयर गरेकी छन् । अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने चलचित्रको मुख्य भूमिकामा दयाहाङ र तेरिया अनुबन्धित भएका छन् ।
भारतीय रियालिटी शो ‘डान्स इन्डिया डान्स लिल मास्टर्स’को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९ की विजेता मगरले नेपाली रजतपतमा डेब्यु गर्न लागेकी हुन् । उनले भारतीय वेब सिरिज ‘उनकी यारी’ र ‘क्याम्पस बिट्स’ वेब सिरिजमा अभिनय गरेकी छन् ।
जनक घर्ती मगर यो चलचित्रको निर्माताको रूपमा रहनेछ । यही समूहले निर्माण गरेको चलचित्र ‘घरज्वाइँ’मा दयाहाङको अभिनय रहेको थियो ।
तपाईको प्रतिक्रिया