बुधबार २८ फाल्गुण २०८१
राजनीति

कांग्रेस नेताले सरकारी जग्गा कब्जामा गरेको आरोप लगाएपछि प्रतिनिधिसभामा लफडा

बुधबार फाल्गुण २८, २०८१/ Wednesday 03-12-25

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले नेपाली कांग्रेसका नेताले सार्वजनिक जग्गा प्रयोग गरेको भनेर धारणा राखेपछि प्रतिनिधिसभामा लफडा भएको छ । 

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू शिशिर खनाल र सुमना श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ६ अन्तर्गत तारकेश्वर-९ मा पर्ने लोकतान्त्रिक चोकको जग्गा कांग्रेस नेताको कब्जामा रहेको बताएका थिए ।

त्यसक्षेत्रको कित्ता नम्बर ६२ र ६३ कांग्रेसका नेताले कब्जा लिई भोगचलन गर्दै आइरहेको स्थानीयको गुनासो रहेको रास्वपाका सांसदहरूले बताएका हुन् । स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको श्रेष्ठको भनाइ थियो ।

तथ्यहीन आरोप लगाएको भन्दै उनीहरूले रास्वपाका सांसदद्वय खनाल र श्रेष्ठको आभिव्यक्ति हटाउन माग गरे । सभामुख घिमिरेले संसद्‍मा राखेको विषय तथ्यमा आधारित हुनुपर्ने बताए । यो विषय तथ्यमा छ वा छैन भन्ने विषयमा स्वयम सांसद जिम्मेवार हुने बताए ।

कुरा उठाउने बित्तिकै हटाउने नभएर तथ्य नरहेको थाहा लागेपछि हटाउन सकिने उनले बताए । सभामुखले धेरै आग्रह गरेपछि कांग्रेस सांसदहरू बसेपछि अहिले सदन चलिरहेको छ । 

तपाईको प्रतिक्रिया