बुधबार २८ फाल्गुण २०८१
राजनीति

एमाले पार्टी कार्यालय च्यासलमा शिक्षकहरुको धर्ना

बुधबार फाल्गुण २८, २०८१/ Wednesday 03-12-25

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले घोषित आन्दोलनको दोस्रो चरण अन्तर्गत राजनीति दलका मुख्यालयमा धर्ना बस्न सुरु गरेका छन् । आज उनीहरू नेकपा एमाले केन्द्रीय कार्यालय च्यासलमा धर्ना बसेका हुन्। 

सरकारले यसअघि भएका सहमति कार्यान्वयन नगरेको भन्दै शिक्षकहरुले बुधबार एमाले मुख्यालयमा धर्ना दिएका हुन् । सवै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरु अव जारी हुने विद्यालय शिक्षा विधेयकले समेट्नुपर्ने महासंघले जनाएको छ ।

फागुन २४ गते पहिलो चरणको आन्दोलन पुरा गरेको महासङ्घले फागुन २७ गतेदेखि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो ।  फागुन २७ गते देखि चैत्र ५ गतेसम्म राजनीतिक दलका केन्द्रीय कार्यालयमा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम घोषणा गरेको हो ।

तपाईको प्रतिक्रिया