शुक्रबार १ चैत २०८१
समाज

एसइईमा विद्यार्थीले चिट चोरे ड्युटीमा खटिने शिक्षक कारबाहीमा पर्ने

शुक्रबार चैत १, २०८१/ Friday 03-14-25

काठमाडाैँ । आगामी ७ चैतदेखि सुरु हुने एसईई परीक्षामा मधेश प्रदेश सरकारले कडा निगरानी गर्ने भएको छ। मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार चिट, फ्लेप्स वा मोबाइल फेला परे ड्युटीमा खटिएका शिक्षक तथा निरीक्षकलाई कारबाही गरिनेछ।

परीक्षालाई मर्यादित बनाउन सरकारले कडा कदम चालेको छ। राम्रो गर्ने विद्यार्थीलाई प्रोत्साहित गर्न तीन उत्कृष्ट परीक्षा केन्द्रलाई पुरस्कृत गरिनेछ। बरामद भएका मोबाइल फिर्ता नहुने निर्णय गरिएको छ।

मधेश प्रदेशका ८८,८५८ विद्यार्थी ३१२ परीक्षा केन्द्रबाट सहभागी हुँदैछन्। परीक्षा सुचारु गर्न १२,२४२ कर्मचारी र ४,६८० सुरक्षाकर्मी खटाइनेछन्। 

तपाईको प्रतिक्रिया