मंगलबार ५ चैत २०८१
समाज

मोरङमा आगलागीबाट एक बालिकाको मृत्यु, ८ घर जले

मंगलबार चैत ५, २०८१/ Tuesday 03-18-25

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा जलेर एक बालिकाकाे मृत्यु भएको छ ।

धनपालथान -६ काे कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी स्थानीय मोहम्मद हनिफकी छोरी ३ वर्षीया रेश्मा खातुनको मृत्यु भएको हो।

चर्को घाम र हावाहुरीका कारण आगलागी नियन्त्रणमा समस्या भएको मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए ।

आगलागीका कारण हालसम्म ८ घर जलेर नष्ट भइसकेका छन् । उनका अनुसार आगलागी नियन्त्रणकाे प्रयास भइरहेको छ ।

तपाईको प्रतिक्रिया