
काठमाडौं । सरकारले चैत २४ गते (आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गत सोमबार (चैत ४ गते) बसेको मन्त्रिपरिषद्को बैठकले रामनवमीका अवसरमा चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बैठकले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४१ बमोजिम नेपाल सरकारको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गने निर्णय गरेको छ ।
बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता गुरुङले सरकारले विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने, ऋण असुली न्यायधिकरणको बैकिङ्ग सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सरकारले राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख पदमा दिनेशप्रसाद भट्ट, बैतडीलाई नियुक्त गरेको छ ।
यसैगरी, जनक शिक्षा सामाग्री केन्द्रको प्रवन्ध सञ्चालक पदमा यदुनाथ पौडेललाई नियुक्त गर्न सञ्चालन समितिलाई निर्देशन दिने निर्णय गरिएको प्रवक्ता गुरुङले जानकारी दिए ।
बैठकले नेपाली सेनातर्फ उपरथी पद एकमा विशेष बढुवा, सहायक रथी पद एकमा बढुवा र सहायक रथी पद एकमा पदावधि थप गर्ने निर्णय गरेको छ ।
यस्तै, विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि प्राप्त हुने अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
तपाईको प्रतिक्रिया