बुधबार १० बैशाख २०८२
बिश्वो

ट्रम्प प्रशासनद्वारा पाँच लाख भन्दा बढी आप्रवासीको कानुनी मान्यता खारेज गरिँदै

शनिबार चैत ९, २०८१/ Saturday 03-22-25

काठमाडौं । अमेरिककाले ५ लाख ३० हजारभन्दा बढी आप्रवासीलाई देश निकाला गर्ने भएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाबाट आएका अप्रावासीको अस्थायी कानुनी स्थिति रद्द गर्दै देश निकाला गर्ने बताएको छ ।

संघीय सरकारद्वारा जारी गरिएको सूचना अनुसार अमेरिकामा कानुनी आधारबिनै बसेका ती आप्रवासीहरूलाई आफ्नो कार्य अनुमति र निर्वासनबाट सुरक्षित रहने सुविधा रद्द हुनुअघि देश छोड्न चेतावनी दिइएको छ ।   

बाइडेन प्रशासनको कार्यकालमा ५ लाख ३० हजार प्रवासीहरूलाई सीएचएनभी नामक कार्यक्रममार्फत अमेरिका ल्याइएको थियो।  

तपाईको प्रतिक्रिया