बुधबार १० बैशाख २०८२
राजनीति

मेयर बालेनलाई कानुनी कारबाही गर्न राष्ट्रिय युवा संघको माग

मंगलबार चैत १२, २०८१/ Tuesday 03-25-25

काठमाडौं । सत्तारुढ नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीले मेयर बालेन्द्र साह (बालेन) को पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कानुनी कारबाहीको माग गरेको छ।  हिजो (सोमबार) मेयर बालेन्द्रले मदिराको सनकमा अभिव्यक्ति दिएको आरोप लगाउँदै युवा संघले कारबाहीको माग गरेको हो ।

‘आफ्नो पदीय जिम्मेवारी भुलेर पब र क्लबहरुमा रमाउदै सस्तो लोकप्रियता र सामजिक संजालमा लाइक बटुल्नका लागि यस्ता स्तरहीन अभिव्यक्ति नदिन र काठमाडौँ तथ्यलाई अतिरञ्जित गरी समाजलाई भड्काउने अभिव्यक्ति नदिन हामी सचेत गराउँछौ र कहिले सिंहदरबारमा आगो लगाउँछु त कहिले टुकुचामा गाड्छु जस्ता आपत्तिजनक अभिव्यक्ति दिने मेयरलाई कानुनी कठघरामा उभ्याउनका लागि सरोकारवाला निकायसँग जोडदार माग गर्दछौं,’– युवा संघ काठमाडौं महानगर समितिका अध्यक्ष दिपेश सुधाकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया