बुधबार १० बैशाख २०८२
राजनीति

बागबजारमा अखिल क्रान्तिकारीको राँके जुलुस

मंगलबार चैत १२, २०८१/ Tuesday 03-25-25

काठमाडौं । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मंगलबार साँझ बागबजारमा राँके जुलुस निकालेको छ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा उनीहरूले तत्काल पुनः नियुक्त गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका थिए, जसलाई रोक्न प्रहरीले मसाल खोसेको थियो। उनीहरूले सरकारविरुद्ध नाराबाजीसमेत गरेका छन्।

 

तपाईको प्रतिक्रिया