बुधबार १० बैशाख २०८२
राजनीति

कुलमानलाई बर्खास्त गरेको विरोधमा संसद अवरोध

बुधबार चैत १३, २०८१/ Wednesday 03-26-25

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरुले संसद् अवरोध गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरु उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले विपक्षी दलहरुको तर्फबाट माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिएका थिए ।

उनले घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन अवरोध गर्ने विपक्षी दलको निर्णय सुनाए ।

तपाईको प्रतिक्रिया