
काभ्रेका जिल्ला समन्वय समिति (जिसस) प्रमुख दिपककुमार गौतम पक्राउ परेका छन्।
बुधबार बिहान प्रहरी वृत्त बानेश्वरको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।
प्रहरीका अनुसार गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार हाल उनलाई ७ लाख रुपैयाँको बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको हो ।
तपाईको प्रतिक्रिया