
काठमाडौँ । प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ ६ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मंगलबार दिउँसो सत्ता गठबन्धन दलका दुई शीर्ष नेताबीच भेटवार्तापछि मन्त्रिपरिषद् बैठक डाकिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भएको एक घण्टा लामो वार्तापछि मन्त्रिपरिषद् डाकिएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच एक घण्टा लामो भेटवार्ता भएको थियो । यो वार्ताबारेमा एमाले नेता डा. राजन भट्टराईले सञ्चारकर्मीसँग पुष्टि गरेका छन् । दुई शीर्ष नेताबीच सरकारलाई प्रभावकारी बनाउने उपायबारेमा छलफल भएको थियो ।
तपाईको प्रतिक्रिया