शनिबार ६ बैशाख २०८२
समाज

बुटवलमा युवतीमाथि गोली प्रहार, उपचार जारी

शनिबार बैशाख ६, २०८२/ Saturday 04-19-25

रूपन्देही ।  बुटवल–११ बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार भएको छ। गोली लाग्ने युवती २९ वर्षीया टिका विष्ट क्षेत्री हुन्, जो हाल बुद्धनगरमा खाजाघर सञ्चालन गर्दै आएकी थिइन्।

प्रहरीका अनुसार टिकालाई शनिबार बिहान करिब ९:३० बजे एक मोटरसाइकलमा आएका युवकले गोली प्रहार गरेका थिए। गोली उनको कम्मरमाथि लागेको छ।

टिका विष्ट क्षेत्रीको स्थायी ठेगाना पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका हो। अहिले उनको उपचार लुम्बिनी प्रादेशिक अस्पतालमा भइरहेको छ।

रूपन्देहीका प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरका अनुसार हमलाकारीको खोजी जारी छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

तपाईको प्रतिक्रिया