शनिबार ६ बैशाख २०८२
राजनीति

रास्वपा सहमहामन्त्रीबाट सुमना श्रेष्ठले दिइन् राजीनामा

बिहीबार बैशाख ४, २०८२/ Thursday 04-17-25

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्रीबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन् । 

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले सहमहामन्त्री श्रेष्ठले राजीनामा दिएको जानकारी दिए । संसदीय मोर्चामा नै सक्रियताका साथ लाग्ने भनेर श्रेष्ठले राजीनामा दिएकी तर स्वीकार भने भइननसकेको पार्टीले जनाएको छ ।

रास्वपाले केन्द्रीय समिति बैठक आजका लागि बोलाएको छ । लामिछाने सहकारी प्रकरणमा मुछिएपछि रास्वपाभित्र तीव्र विवाद चुलिएको छ । स्रोतले दिएको जानकारीअनुसार एक व्यक्ति एक पदको नीति पार्टीमा माथिदेखि तलसम्मै कार्यान्वयन हुनुपर्ने धारणा उनको रहेको छ ।

आफू संसद्मा केन्द्रित रहनुपर्ने भएकाले पनि पार्टीको सहमहामन्त्रीको जिम्मेवारीमा रहन नसक्ने उनको धारणा रहेको स्रोत बताउँछ ।

तपाईको प्रतिक्रिया