खेलकुद
यू-१९ विश्वकप छनोट : निर्णायक खेल रद्द, अफगानिस्तान विश्वकपमा
शनिबार बैशाख ६, २०८२/ Saturday 04-19-25

काठमाडौं । आइसिसी यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानको बीचको निर्णायक खेल रद्द भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले खेल बिहान तल्लो मूलपानी क्रिकेट रंगशालामा ९:३० बजे सुरु हुने जनाएको थियो। तर, २ बज्दा समेत पनि सुरु हुन नसकेपछि खेल रद्द गरिएको हो।
योसँगै अफगानिस्तानले विश्वकपमा स्थान बनाएको छ। समूह चरणमा दुवै टोलीले समान ३-३ खेल जितेका थिए । अफगानिस्तान नेट रनरेटमा अगाडि रहेकाले आजको खेलमा अंक बाँडिदा समान ७-७ अंक भएपनि नेट रनरेटकै कारण अफगानिस्तान अगाडि बढ्यो ।
तपाईको प्रतिक्रिया