
काठमाडौँ । सञ्चारिका समूहको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा कमला पन्थी अध्यक्षमा निर्वाचित हुनुभएको छ। गएराति सम्पन्न निर्वाचनमा पन्थीले आफ्नी निकटतम प्रतिस्पर्धी पवित्रा सुनारलाई पराजित गर्दै अध्यक्ष पद हात पार्नुभएको हो।
पन्थीले १४९ मत प्राप्त गर्नुभएको थियो भने सुनारले ८७ मतमा सिमित रहिन।
त्यस्तै, उपाध्यक्ष पदमा बसन्ती बास्तोला १२८ मतसहित विजयी हुनुभयो। उहाँकी प्रतिस्पर्धी लोग्शरी कुँवरले १०० मत प्राप्त गर्नुभयो। महासचिव पदमा राधा खनाल निर्विरोध निर्वाचित हुनुभएको छ।
सचिव पदमा उर्वसी बस्न्यात १०७ मत ल्याएर विजयी हुनुभयो भने उहाँकी प्रतिस्पर्धी नुनुता राई १०३ मतमा पराजित हुनु भयो। कोषाध्यक्षमा साजना तामाङ १२० मतसहित निर्वाचित हुनुभयो। उहाँकी निकटतम प्रतिस्पर्धी मञ्जिमा ढकालले १०५ मत प्राप्त गर्नुभयो।
सञ्चारिका समूहको सदस्यमा अजवी पौड्याल, कल्पना शर्मा, कालिका शिवाकोटी, तारा चापागाई, दीपा रेग्मी, देवी सापकोटा, विष्णु पन्थी र सम्झना वन निर्वाचित हुनुभएको छ।
तपाईको प्रतिक्रिया