आइतबार ११ जेठ २०८२
बिश्वो

मोदीले रद्द गरे युरोप भ्रमण

बुधबार बैशाख २४, २०८२/ Wednesday 05-07-25

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न क्रोएसिया, नेदरल्यान्ड्स र नर्वे भ्रमण स्थगित गरेका छन् ।

दुई देशको तनावका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो आगामी युरोप भ्रमण रद्द गरेको अलजजिराले लेखेको छ। उनले अहिले सुरक्षा सम्बन्धी विषयमा मन्त्रिपरिषद्का वरिष्ट सदस्यहरूसाग बैठक गरिरहेका छन् ।

भ्रमण स्थगितको कुनै आधिकारिक कारण दिइएको छैन । तर, भारतले गए राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेको केही घण्टापछि मोदीले विदेश भ्रमण स्थगित गरेका हुन् ।

तपाईको प्रतिक्रिया