सोमबार २९ बैशाख २०८२
समाज

पूर्वराष्ट्रपति भण्डारीबाट बुद्धजयन्ती र उँभौली पर्वको शुभकामना

सोमबार बैशाख २९, २०८२/ Monday 05-12-25

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवनमा करुणा, अहिंसा र शान्तिले मात्रै मानव सभ्यताको रक्षा हुने बताएकी छिन् ।

शान्तिका अग्रदूत गौतमबुद्धको २५६९औँ जन्मजयन्ती तथा किरात समुदायको पर्व उँभौली पर्वका अवसरमा शुभकामना सन्देश जारी  गर्दै उनले नेपालको लुम्बिनीमा जन्मिएका बुद्धले मानव जीवनमा करुणा, अहिंसा र शान्तिको मार्ग देखाएको उल्लेख गरेकी छिन् । 

सामाजिक सञ्जाल ट्विटर(एक्स) पेजमा पूर्वराष्ट्रपति भण्डारीले लेखेकी छिन्– ‘आपसी सम्मान, सहिष्णुता र सन्तुलित जीवनशैलीका लागि बुद्धले दिएको करुणा र अहिंसाको सन्देश आजको विश्वमा झनै सान्दर्भिक बनिरहेको छ ।’

त्यसैगरी उनले किरात समुदायको उँभौली पर्वले आपसी सद्भाव, सहिष्णुता र सम्मानको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताएकी छिन् । रासस

तपाईको प्रतिक्रिया