बुधबार १ जेठ २०८२
अर्थ

नेप्सेमा दोहोरो अंकको गिरावट, ९ अर्ब ६३ करोड कारोबार

मंगलबार बैशाख ३०, २०८२/ Tuesday 05-13-25

काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नप्से १४.२४ अंकले घटेर २६३४.८६ विन्दुमा बन्द भएको छ।

यसदिन कारोबार रकम पनि घटेको छ। आइतबार १० अर्ब २० करोड रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार नौ अर्ब ६३ करोडको कारोबार भएको छ। 

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ५७ करोड रूपैयाँ कमी आएको हो। आज ३१४ वटा धितोपत्रको दुई करोड १८ लाख २८ हजार २३१ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ वटाको घटेको छ। यस्तै, एउटा कम्पनी स्थिर रहेको छ।

यसदिन क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ।

तपाईको प्रतिक्रिया