बुधबार १ जेठ २०८२
समाज

बागबजारमा युवतीको हत्या, पक्राउ परे पूर्वभारतीय सैनिक

बुधबार जेठ १, २०८२/ Wednesday 05-14-25

काठमाडौं । काठमाडौंको बागबजारमा एक युवतीको हत्या भएको छ । हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।

नुवाकोट सूर्यगढी नगरपालिका-१ घर भई तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली बस्ने २८ वर्षीया विमला तामाङको हत्या भएको थियो। 

चैत २९ गते साँझ पौने ६ बजेतिर काठमाडौं महानगरपालिका-२८ स्थित एक गेष्ट हाउसको कोठामा तामाङको शव फेला परेको थियो।

उनको मृत्यु शंकास्पद भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानको क्रममा उनीसँगै बसेका पुरूष फरार रहेको खुलेको थियो।

धादिङको गल्छी गाउँपालिका घर भएका ४० वर्षीय रामचन्द्र पन्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । पन्त पूर्व भारतीय सैनिक हुन् । उनले अहिले भारतीय सेनाबाट पेन्सन बुझ्ने गरेको पाइएको छ ।

गेस्ट हाउमा विमलाको हत्या गरेर उनी फरार भएका थिए । मङ्गलवार भारतबाट नेपाल फर्किँदै गरेको अवस्थामा उनलाई नागढुंगाबाट पक्राउ गरिएको एसपी बोहराले जानकारी दिए । उनीहरू विवाहेत्तर सम्बन्धमा रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ  ।

तपाईको प्रतिक्रिया