बुधबार १ जेठ २०८२
राजनीति

कांग्रेस सांसद माया राईविरूद्ध अदालतमा मुद्दा दर्ता

सांसद राईविरुद्धको पुरक अभियोजनामा ३७ लाख बिगो मागदाबी
मंगलबार बैशाख ३०, २०८२/ Tuesday 05-13-25

काठमाडौं । कांग्रेस सांसद माया राईविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले मंगलबार मुद्दा दायर सहमहान्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए ।

२० जनाको जाहेरीको पुरक अभियोजनमा ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको हो । सांसद राई यो सहकारीको सहसचिव समेत थिइन् । उनको पालामा सहकारीको रकम अपचलन भएको थियो ।

यसअघि यो सहकारी ठगी प्रकरणमा २१ पुसमा ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा दायर भएको थियो ।

राईसहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै पूरक अभियोजनमार्फत मंगलबार सहकारी ठगीको कसुरमा मुद्दा दायर भएको छ ।

यो सहकारी ठगी प्रकरणमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहितका व्यक्तिमाथि मुद्दा दायर भएको थियो । उनीपछि धरौटीमा रिहा भएका थिए ।

यसअघि सांसद राईलाई उन्मुक्ति दिँदै मुद्दा दर्ता भएको थियो । सांसद राईलाई उन्मुक्ति दिएको भन्दै आलोचना भएपछि १३ वैशाखमा प्रहरीले कपनबाट सांसद राईलाई पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया