बुधबार १ जेठ २०८२
राजनीति

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय सुवेदी र मुसलमानको इजलास

बुधबार जेठ १, २०८२/ Wednesday 05-14-25

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासमा परेको छ ।

रास्वपा सभापति लामिछाने हाल जिल्ला कारागार कार्यालय रुपन्देहीमा थुनामा छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमाले उच्च अदालतको आदेशमा उनी कारागार चलान भएका हुन् । जिल्ला अदालत रुपन्देहीले उक्त सहकारी ठगी प्रकरणमा लामिछानेलाई एक करोड धरौटीमा छाडेको थियो । तर, उच्च अदालतले जिल्लाको आदेश उल्ट्याउँदै उनलाई थुनामा पठाएको हो ।

उच्च अदालतको आदेशपश्चात लामिछानेलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको र हिरासतमा राखेको थियो । लामिछानेको पक्राउको प्रक्रियाबारे प्रश्न उठाउँदै उनकी श्रीमत निकिता पौडेलले बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी हुन् ।

तपाईको प्रतिक्रिया