
पोखरा । कास्कीमा भूकम्पको धक्का महसुस भएको छ । अपराह्न १ बजेर ५९ मिनेट जाँदा कास्कीको सिनुवा क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूगर्भविद् लोकविजय अधिकारीका अनुसार पोखरा आसपास कम्पन महसुस भएको हो।
४.७ रेक्टर स्केलको भूकम्प गएको मापन केन्द्रले जनाएको छ ।
तपाईको प्रतिक्रिया