समाज
शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स रामेछापमा दुर्घटना, ३ जना घाइते
बिहीबार जेठ ८, २०८२/ Thursday 05-22-25

काठमाडौं । शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स रामेछापको खाँडादेवी गाउँपालिका–३ चारघरेस्थित सित्खा गोगनपानीमा दुर्घटना भएको छ ।
दोरम्बाबाट शव लिएर काठमाडौं आउँदै गरेको प्र.३- ०१-००२ झ ५८०३ नं. को एम्बुलेन्स ओरालोमा सडकबाट १०० मिटर तल झरेको हो।
उक्त गाडीमा चार जना सवार थिए। जसमध्ये तीन जना घाइते भएको डिएसपी भोला भट्टले बताए। एम्बुलेन्स र शव सडकमै राखिएको छ।
घाइतेहरूलाई अर्को एम्बुलेन्समा राखेर धुलिखेलतर्फ पठाइएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया