शनिबार १२ श्रावण २०८१
बिजनेस

गाँजाखेतीलाई जनप्रतिनिधिले प्रोत्साहन मात्र दिए

कानुन परिवर्तन गरेर वैधानिकता दिन सके गरिब किसान जेल जानबाट जोगिनेछन्
आइतबार असोज २५, २०७७/ Sunday 10-11-20

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जनप्रतिनिधिले नै गाँजाखेतीलाई प्रोत्साहन दिइरहेको आरोप लगाएका छन्।

गाँजाखेतीलाई कानुनी मान्यता दिनुपर्ने आवाज उठिरहेको सन्दर्भमा मुख्यमन्त्री पौडेलले सरकारले अवैध ठहर गरेको गाँजा उत्पादनलाई जनप्रतिनिधिले नै प्रोत्साहन गर्नु गलत भएको बताए। 

जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समीक्षा बैठकलाई सम्बोधन गर्दै आइतबार उनले सरकारमै रहेका जनप्रतिनिधिले गरिब, विपन्न किसानलाई कानुनमै अवैध उल्लेख गरेको गाँजाखेती गर्न प्रोत्साहन दिनु जायज नभएको उल्लेख गरे।

गाँजा उत्पादन हुने क्षेत्रमै पुगेर जनप्रतिनिधिले विपन्न किसानलाई प्रोत्साहन गरिरहेको उनले आरोप लगाए। कानुनले बन्देज लगाएको गाँजाखेती गर्न प्रोत्साहन गर्नुको सट्टा कानुन परिवर्तनमा जोड दिनुपर्छ, उनले भने। कानुन परिवर्तन गरेर वैधानिकता दिन सके गरिब किसान जेल जानबाट जोगिनेछन् पौडेलले भने।

तपाईको प्रतिक्रिया